
काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।
बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने जनाएको छ ।
यदि धितो बिक्रीबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा अन्य जमानतकर्ताको चल अचल सम्पत्ति समेत लिलाम बिक्री गरी रकम असुल गर्ने बैंकले जनाएको छ ।
संयुक्त ऋणी मुना कुमारी पाठक र रञ्जन कुमार कठायतले धितोमा राखेको हेटौडा मकवानपुर स्थित कित्ता नम्बर १७६६ को क्षेत्रफल ०-१-० (वि.क.धु) बवमोजिमको घरजग्गा एवम् सोमा जडित सम्पूर्ण सम्पत्ति बिक्री गर्नेछ ।
यस्तै, मकवानपुर शुसेन्टरले धितोमा राखेको हेटौडा स्थित कित्ता नम्बर ४२९१, ८७४४ र ८०४३ को क्षेत्रफल क्रमशः ०-०-८, ०-०-५ र ०-१-० (वि.क.धु.) जग्गा र मकवानपुर शुसेन्टरको स्वामित्वमा रहेका मालसामानहरु बिक्री गर्नेछ ।
यस्तै, हेटौडामा रहेको ज्ञान अर्थमुभर्स प्रालिले धितोमा राखेको साविक मनहरी गा.वि.स. ५ स्थित कित्ता नम्बर २५७ र २५८ को क्षेत्रफल क्रमशः ०-६-० र ०-२-०, हेटौंडा ६ स्थित कित्ता नम्बर १५६६२, १६४०७, ४२६२ र ८२०४ क्षेत्रफल क्रमशः ०-०-३.७५, ०-०-४.२५, ०-१-१८, र ०-०-११२५ (वि.क.धु) घरजग्गा बिक्री गर्नेछ ।
यस्तै, ज्ञान अर्थमुभर्सको स्वामित्वमा रहेको मालसामान र सिद्धार्थ बैंक धनी भई ऋणी ज्ञान अर्थमुभर्स कायम भएको बाग्मती यातायात कार्यालयमा दर्ता रहेका बा ९९ प ६२६५, बा ९९ प ६२६४, बा ९९ प ९९६५, बा ९९ प ९९६४, बा ९९ प ९९६३, बा ९९ प ९९६२, बा ९९ प ९९६१ र बा ९९ प ६२६६ नम्बर रहेका मोटरबाइक बिक्री गर्ने भएको हो ।