नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

<p>काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । शनिबार काठमाडौंमा भएको &#8216;नेक्सन् इभी रेन्ज टेस्ट २०२२&#8217; काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् । यस्तै, भरत पुडासैनी र अनिश कावराले ३३२ रेन्ज निकालेका थिए भने तृप्ति सिंह र उदिप न्यौपानेले ३२१ रेन्ज निकाल्न सफल भएका थिए । टेस्टमा सहभागी मध्ये [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी नेक्सन ईभी ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । शनिबार काठमाडौंमा भएको ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ काठमाडौं निवासी सलिम श्रेष्ठ ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएका हुन् ।

यस्तै, भरत पुडासैनी र अनिश कावराले ३३२ रेन्ज निकालेका थिए भने तृप्ति सिंह र उदिप न्यौपानेले ३२१ रेन्ज निकाल्न सफल भएका थिए । टेस्टमा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए ।

टेस्टमा प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले ४३ ईञ्चको सामसुङ स्मार्ट एलईडि टिभी, दोश्रो स्थानमा रहेका भरत पुडासैनि र अनिश कावराले २८ लिटरको सामसुङ ओभेन र तेश्रो स्थानमा रहने तृप्ति सिंह तथा उदिप न्यौपानेले सामसुङ भ्याकुम क्लिनर पाएका थिए । 

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए ।

नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ सम्पन्न भएकाे हाे ।

सिप्रदी ट्रेडिङको कार्यालय नैकापबाट समुद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दर्बारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभी प्रयोगकर्ताको सहभागी थिए  ।

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । 

Share News