सुरु भयो रोयल इनफिल्डको काठमाडौंदेखि कालिन्चोक सम्मको राईड

<p>काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ । ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् । विहान ८ बजे गैरीधाराबाट सुरु भएको राइड कालिन्चोक पुगेर बास बसेर  [&hellip;]</p>

काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ ।

‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो ।

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् ।

विहान ८ बजे गैरीधाराबाट सुरु भएको राइड कालिन्चोक पुगेर बास बसेर  मंसिर १० बेलुका ६ बजे गैरीधारानै पुगेर समापन गरिने कम्पनीले जनाएको छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत हुनेछ ।

अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरीक पर्यटन प्रवर्धनको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राईड आयोजना गरेको हो ।

राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन् ।

Share News