घट्यो विदेशी लगानीको न्यूनतम सीमा

<p>काठमाडौं । विदेशी लगानीको न्यूनतम सीमा घटाईएको छ । सरकारले विस २०७६ को जेठदेखि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न न्यूनतम सीमा पाँच करोड रुपैयाँ राखेको थियो । उक्त सीमालाई घटाउँदै सरकारले प्रति विदेशी लगानीकर्ता न्यूनतम सीमा दुई करोड रुपैयाँमा झारेको हो । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले न्यूनतम सीमा घटाईएको उल्लेख [&hellip;]</p>

काठमाडौं । विदेशी लगानीको न्यूनतम सीमा घटाईएको छ । सरकारले विस २०७६ को जेठदेखि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न न्यूनतम सीमा पाँच करोड रुपैयाँ राखेको थियो । उक्त सीमालाई घटाउँदै सरकारले प्रति विदेशी लगानीकर्ता न्यूनतम सीमा दुई करोड रुपैयाँमा झारेको हो ।

चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले न्यूनतम सीमा घटाईएको उल्लेख गरेका थिए । बजेटमा नै समावेश गरीएको उक्त विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै न्यूनतम सीमा दुई करोड बनाईएको उल्लेख गरेको हो ।

नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोकिएको सूचनामा उल्लेख छ ।

उक्त न्यूनतम सीमा नेपाल सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र उक्त इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्टमेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Share News