
एजेन्सी । चिनियाँ कम्पनी बिवाइडीले सन् २०२२ मा नयाँ प्रिमियम इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बिवाइडीले २०२३ को पहिलो त्रैमासिकमा नयाँ प्रिमियम ब्राण्ड लन्च गर्ने मङ्गलबार बताएको छ। बिवाइडीका अनुसार उसले उत्पादन गर्ने नयाँ गाडीको न्यूनतम मूल्य १ लाख ३८ हजार अमेरिकी डलर भन्दा बढी हुनेछ ।
चिनियाँ केन्द्र सरकार र स्थानीय सरकारले इलेक्ट्रिक सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले इन्टेन्सिभ प्रदान गर्ने नीति लिएको छ । बिवाइडीले पनि यस वर्षबाट ग्याँसबाट सञ्चालन हुने सवारी साधनको उत्पादन बन्द गर्ने भएको छ ।
शुद्ध इलेक्ट्रिक र प्लगइन हाइब्रिड कारहरु उत्पादन गर्ने अटोमेकरमा बिवाइडीले विश्व बजारमा सबैभन्दा धेरै इलेक्ट्रिक सवारी साधन बिक्री गर्ने कम्पनीको रुपमा आँफूलाई स्थापित गरेको छ । चालु वर्षको पहिलो गत वर्षको तुलनामा १० गुणा बढी सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । रोयटर्सबाट ।