सीजीले ल्यायो साढे ४२ लाख पर्ने ईभी भ्यान, बुकिङ खुला

<p>काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको छ । कम्पनीले उक्त मिनि भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीले सार्वजनिक गरेको भ्यानमा ११ सिट [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको छ । कम्पनीले उक्त मिनि भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले सार्वजनिक गरेको भ्यानमा ११ सिट रहेका छन् भने भ्यानको १७९ एमएम ग्राउण्ड क्लियरेन्स छ । सो भ्यानले ३ सय किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

उक्त भ्यान खरिद गर्न सीजी मोटर्स सोरुम बिशालनगर नक्सालमा सम्पर्क गर्नुपर्ने बताएको छ ।

Share News