देवेनरा समूहको सिद्धबाबा भेजिटेबल आयलले कमायो साढे ७ अर्ब, व्यापार बढाउन २ अर्ब ऋण लिँदै

<p>काठमाडौं ।  देवेनरा समूहको सिद्धबाबा भेजिटेबल आयलले एक वर्षमा साढे ७ अर्ब रुपैयाँको ब्यापार गरेको छ । मोरङको कटहरीमा रहेको यस कम्पनीले सन् २०२२ मा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ को तुलनामा ३७.५६ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२१ मा कम्पनीले ५ अर्ब ५१ करोड [&hellip;]</p>

काठमाडौं ।  देवेनरा समूहको सिद्धबाबा भेजिटेबल आयलले एक वर्षमा साढे ७ अर्ब रुपैयाँको ब्यापार गरेको छ । मोरङको कटहरीमा रहेको यस कम्पनीले सन् २०२२ मा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ को तुलनामा ३७.५६ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२१ मा कम्पनीले ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२० मा ३ अर्ब९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको प्रत्येक वर्ष आम्दानी वृद्धि हुँदै गएको छ ।

यस कम्पनीले सिद्धबाबाको ब्राण्डमा वनस्पति तेल तथा घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मलेसिया, थाइल्याण्ड, श्रीलंका र अर्जेन्टिना लगायतका देशहरुबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।

सिद्दबाबा भेजिटेबल आयललले व्यापार विस्तारका लागि ऋण सुविधा पनि लिने भएको छ । कम्पनीले २ अर्ब ६ करोड ५० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले ऋण सुविधाका लागि ‘एथ्री’को रेटिङ पाएको छ ।

देवेनरा विभिन्न क्षेत्रमा लगानी रहेको समूह हो । यस समूहले शिक्षा, एयरलाइन्स, जलविद्युत, घरजग्गा, सेक्युरिटी ट्रेडिङ र मल लगायत विभिन्न उद्योग तथा व्यवसायमा लगानी छ । यस समूहका अध्यक्षका रुपमा देवकृष्ण मुन्दारा नेतृत्व गरिरहेका छन् ।

 

Share News