काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते भएको कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए ।
कम्पनीले यसकाे मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ ताेकेकाे छ ।
अहिले जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला नामक एक्सचेन्ज मेला पनि संचालन गरिरहेकाे छ । असोज ३१ गतेबाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ ।
यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।
कम्पनीकाे अनुसार यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा ७ हजार बढीको मूल्य पाउने छन् । यसका साथै, ग्राहकले सवारीसाधन नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउन सक्नेछन् ।
यस मेलामा न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले बताएकाे छ । यस बाहेक मेलामा ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।