काठमाडौं । चुनावमा टिकट नपाएका नेकपा एमालेका नेता भीम रावलले पार्टी नछोड्ने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने बताएका हुन् ।
उनले आफु मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।