एनआरएनएको कार्यकारी अध्यक्ष बनिन् थापा, यस्ता छन् प्रतिवद्धता

<p>काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिवार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी [&hellip;]</p>

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो ।

संघको शनिवार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेट अनुरूप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।

आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।

यस्ता छन् थापाका प्रतिवद्धता :

-गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ ।
-विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ ।
-गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहनेछ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ ।
-संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ ।
-“एक प्रदेश, एक मोबाईल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसीसी एनसीसी  तथा सरोकारवालाहरुसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ ।
-रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागु गरिने  छ ।
-संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।
-“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ ।
-डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ ।
-नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले  ‘पढ्दै कमाउँदै; जस्ता आयमुल र सिपमुलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ ।

Share News