काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले ‘रोयल इनफिल्ड वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् ।
वान राइड बिश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटकको राइडको नारा ुवान वल्ड्र, वान मिसन, वान राइड रहेको छ ।
‘इडिर इनोे २०२२” कार्यक्रम यही असोज २ गते हुनेछ । बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ ।
उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै विभिन्न मनोरन्जनात्कम खेल तथा सिएसआरका कार्यहरुसमेत हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सिएसआरको कार्यक्रम अन्तर्गत चित्लाङमा रहेको श्री कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने गर्ने छ ।
वान राइड को पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।