अशोक लेल्यान्डको पिकअप किन्दा थाइल्याण्ड वा युरोप टुर

<p>काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउनेछन् । अफर अन्तर्गत आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर [&hellip;]</p>

काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउनेछन् ।

अफर अन्तर्गत आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् भने एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन ।

कम्पनीकाे अनुसार ग्राहकले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको कम्पनीले जानकारी दिएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो ।

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Share News