काठमाडौं । एमएडब्लू जेसीबीले नेपालमा १० हजार मेशिन बिक्री वितरण गरेको बताएको छ । नेपालको कन्स्ट्रक्सन तथा हेभी इक्यूपमेन्ट क्षेत्रमा जेसीबी मेशिन बिक्री गरेर नयाँ प्रतिविम्ब स्थापना गर्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीले एमएडब्लू जेसीबीले १० हजार मेशिनका रुपमा बिक्री गरेको हो । एमएडब्लुले आफ्नो बिश्वस्तरीय निर्माण उपकरण र बिक्री पश्चात् सेवा सुविधाका कारण नेपालको नम्बर एक कन्स्ट्रक्सन तथा हेभी इक्यूपमेन्ट कम्पनीको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।
जेसीबी इन्डियाका सीईओ तथा एमडी दिपक सेठीले मएडब्लूका एमडी विष्णु कुमार अग्रवाल र सीइओ गोपाल कुमार अग्रवाललाई १० हजार मेशिन बिक्री भएको चाबि हस्तान्तरण गरे ।