काठमाडौं । चांगन अटो नेपालले दशै र तिहारको उपलक्ष्यमा ग्राहकहरु माझ दशै डिलाईट अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्नुको साथै अन्य विविध फाइदा लिन सक्नेछन् ।
अन्य अफरहरु अन्तर्गत ग्राहकहरुले आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष नि:शुल्क बीमा र एक वर्ष नि:शुल्क रोड ट्याक्स प्राप्त गर्नेछन् । अफर सिमित अवधिका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ ।