काठमाडौं । नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेकाे गरेको छ । भदाै २१ गते औपचारिक रुपमा बिक्री शुभारम्भ गरिएको यस मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएकाे छ ।
विशेषतः व्यावसायिक उद्देश्यकाे लागि निर्माण गरिएको अमार्क टिएक्स अटो क्षेत्रको सबैभन्दा पछिल्लो उन्नत इन्जिनियरिङसँग संयोजन गरिएको कम्पनी बताउँछ । राम्राे माइलेज र ४१३० केजीसम्मको भार बहन क्षमता भएको बृहत् लोडिङ डेकसहितको यो पिक अपबाट निकै नाफा आर्जन गर्न सकिने दावी कम्पनीले गरेको छ ।
इन–लाइन, पानी चिस्याउने, फोर स्ट्रोक, टर्बो चार्जिङ, अधिकतम ३६०० आरपिएममा ७६ कि.वा.प्रतिफल दिने बिजे ४९३ जेडएलक्युभि१(इसुजु प्रविधि) इन्जिन जडित र ८० लिटर क्षमताको इन्धन ट्याँकसहित अधितकम टर्क १९००–२२०० आरपिएममा २२५ एनएम भएको नयाँ अमार्क टिएक्स पिक जुनै अवस्थाको सडकमा पनि सजिलै गुड्ने गरी बनाइएको कम्पनी बताउँछ ।
यस पिकअपमा ६.५० आर १६ प्रकृतिको टायर प्रयोग गरिएको छ जुन ६ र १ जगेडा समेत गरी ७ वटा रहेका छन् र यसको ह्वीलबेस २८०० मिमि छ भनें जमिनबाटको उचाई (ग्राउण्ड क्लियरेन्स) न्यूनतम १९० मिमि रहेको छ ।
कम्पनीका अनुसार यो पिकअप सबैभन्दा सुरक्षित, अत्यन्त एर्गोनोमिक र हिटर समेत भएको आरामदायी क्याबिनहरु, समायोज्य स्टेयरिङ पाङ्ग्रा र चौथो श्रेणीको वाइड एँगल लेन्ससहित निर्माण गरिएको छ । साथै पिक अपमा सबै खाले अडियो–रेडियोहरु, अक्जुलरी र एमपि ३ रहेका छन् जुन १२ भोल्ट ब्याट्री र १२० एएच ब्याट्री एम्पीयरयुक्त छन् ।
यसमा सर्भिस ब्रेकको प्रकतिमा हाइड्रोलिक, फ्रन्ट/रीयर ड्रम रहेका छन् भनें पार्किङ ब्रेक प्रकृतिमा सेन्ट्रल ड्रम ब्रेक र अक्जुलरी ब्रेक प्रकृतिमा एक्जाहस्ट ब्रेक रहेका छन् ।