
काठमाडौं । नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले यही १९ भाद« २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो ‘४ को चमत्कार, वाइक पनि वचत पनि’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्र्याच कार्ड मार्फत ७,९०० देखि १,००,००० जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १,००,००० जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेकेन २५० पुरानो मोडलको जुनसुकै माध्यमबाट खरीद गर्दा सिधै २५,००० छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज र पोस्ट क्याम्पियन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।
मोटरहेडको हाल टेकेन २५०, टेकेन आर २५० अपग्रेडेड, स्पोटर्स २५० रोड, स्पोटर्स २५० अफरोड, एमएच १५०, एमएच २०० एक्स, एक्स टर्की र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु बिक्री गर्दै आएको छ । वाइकहरुको मूल्य ३,१०,००० देखि ४,९५,००० सम्म रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।