अग्नी ग्रुपको नयाँ २ एस सर्भिस सेन्टर अब दमकमा पनि

<p>काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो । २ एस सर्भिस सेन्टरको उद्घाटन बिहीबारका दिन दमक नगरपालिकाका मेयर राम थापा, [&hellip;]</p>

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।

२ एस सर्भिस सेन्टरको उद्घाटन बिहीबारका दिन दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराईु, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठु, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा गरेका थिए ।

अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई सेवा दिईरहेको छ ।

Share News