काठमाडौं । तीजमा सुनचाँदीको भाउ सस्तिएको छ । बिहिबार तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा झरेको छ । हिजो सुन तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी तोलामा ३० रुपैयाँले घट्दा प्रतितोला एक हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।