काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोवार भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुर्पैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ ।
आज चाँदीको मूल्य पनि घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।