काठमाडौं । नेपाल राष्ट बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले नेपालको आर्थिक अवस्था श्रीलंका जस्तो हुन खोजेको भन्ने कुरा तथ्यहिन भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।
‘नेपालमा श्रीलंकामा जस्तो आर्थिक समस्या आउँंला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन, नेपालमा अझै ६ महिनालाई पुग्ने डलर संचिती रहेको तथ्यांक रहेको छ,’ उनले भने ।
यस्तै, उनले उच्च सरकारी कार्यालयहरु काम गर्ने भन्दा पनि गफ लडाउने ठाउँं भएको बताएका छन् । डा. नेपालले राष्टिय योजना आयोग जस्ता ठूलाठूला राष्ट्र निर्माता कार्यालयहरु नै गफ गर्ने थलो बनेको आरोप लगाए ।