नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भदौ २३ र २४ गते हुने

<p>काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण हुने भएको छ । नेपाल उद्योग परिसंघ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित [&hellip;]</p>

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण हुने भएको छ । नेपाल उद्योग परिसंघ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने सम्मेलनको उद्देश्य रहेको परिसंघले जनाएको छ ।

परिसंघको अनुसार पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने पनि सम्मेलनको उद्देश्य रहेको छ ।

सह(आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेको यस सम्मेलन यही भदौ २३ र २४ गते हुँदैछ ।

Share News