३ हजार बैना लिएर १५ हजार उधारो चुक्ता, बैना पनि फिर्ता

<p>काठमाडाैं । एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे । पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने–‘यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।’ पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो । ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई [&hellip;]</p>

काठमाडाैं । एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे । पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने–‘यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।’

पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो ।

ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।

दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।

गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो ।

अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो । उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो ।

त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने–‘मलाई कोठा मन परेन ।’ यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए ।

हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो । यहाँ कहाँ भयो त गडबडी?

कहीँ गडवड भएको छैन । ३००० हजार रुपैयाँ बुक (बैना) भएको हो । सबैले गरेर १५ हजार रुपैयाँ उधारो रकम भुक्तानी पनि भएकै हो र अन्तिममा बैना रकम पनि फिर्ता भएकै हो ।

पैसा कसैको होइन । यो केबल भुक्तानीको साधान मात्र हो । मान्छे जन्मदा पनि पैसा लिएर जन्मिएको हुँदैन । अन्तिम सत्य हो, मान्छे एक दिन मर्छ र सँगै पैसा लिएर पनि जाँदैन ।
(सामाजिक सञ्जालबाट)

Share News