आरक्षण सीट लागु नगर्ने १९ सार्वजनिक गाडीलाई कारवाही

<p>काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक गाडीलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएरनभएको अनुगमन गर्दा आरक्षण सीटमा अन्य यात्रु बोक्ने सार्वजनिक गाडीलाई कारवाही गरेको हो । जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक गाडीलाई कारवाही गरेको छ ।

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएरनभएको अनुगमन गर्दा आरक्षण सीटमा अन्य यात्रु बोक्ने सार्वजनिक गाडीलाई कारवाही गरेको हो ।

जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई रहेको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

Share News