नाफा वृद्धिमा प्रभु, एनसीसी र सनराइजको प्रतिस्पर्धा, ग्लोबल र एनआईसी एशियाबीच पहिलो बन्ने टक्कर

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८/०७९ को आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमा विभिन्न ९ वटा वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ९ वटा बैंकमध्ये ८ वटा बैंकको नाफा बढेको छ भने एक बैंकको नाफा सामान्य घटेको छ । गत वर्ष यी ९ वटा बैंकको नाफा [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु गत आर्थिक वर्ष २०७८/०७९ को आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमा विभिन्न ९ वटा वाणिज्य बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ९ वटा बैंकमध्ये ८ वटा बैंकको नाफा बढेको छ भने एक बैंकको नाफा सामान्य घटेको छ ।

गत वर्ष यी ९ वटा बैंकको नाफा २९.०५ प्रतिशतले वृद्धि भएर २४ अर्ब ८१ करोड ३९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लोे आर्थिक वर्षको सोही अवधिमा यी ९ बैंकले १९ अर्ब २२ करोड ७५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ । ग्लोबल आइएमई बैंकलाई एनआईसी एशिया बैंकले पछ्याइरहेको छ । यी दुवै बैंकबीच पहिलो बन्न प्रतिस्पर्धा भइरहेको छ । तेस्रोमा प्रभु बैंक, चौंथोमा सिटिजन्स बैंक र पाँचौमा माछापुच्छ्रे बैंक रहेका छन् ।

गत वर्षको असार मसान्तसम्ममा सबैभन्दा कम नाफा आर्जन गर्नेमा लक्ष्मी बैंक रहेको छ । यता अघिल्लो वर्षको तुलनामा गत वर्ष भने सानिमा बैंकको नाफा सामान्य घटेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुदा नाफा २५ प्रतिशत बढेर ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३८.८६ प्रतिशत बढेर ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड ८९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, प्रभु बैंक लिमिटेडकोे गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सनराइज बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४८.६९ प्रतिशत बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.५७ प्रतिशत बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.७६ प्रतिशत बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Share News