स्टार्टअप सफल पार्न इन्क्यूबेटर चाहिन्छ, राज्यको लगानी आवश्यक छ : अध्यक्ष गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमशीलता विकासको लागि इन्क्यूबेटरमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् । सोमबार महासंघले आयोजना गरेको बिजनेस इन्क्यूबेटर कन्फरेन्स २०२२ को कार्यक्रममा बोल्दै गोल्छाले  सो बताएका छन् । अध्यक्ष गोल्छाका अनुसार उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक रहेको छ । जुन वाणिज्य महासंघको स्टार्टअप कमिटीले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमशीलता विकासको लागि इन्क्यूबेटरमा राज्यको लगानी आवश्यक रहेको बताएका छन् । सोमबार महासंघले आयोजना गरेको बिजनेस इन्क्यूबेटर कन्फरेन्स २०२२ को कार्यक्रममा बोल्दै गोल्छाले  सो बताएका छन् ।

अध्यक्ष गोल्छाका अनुसार उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्न स्टार्टअप आवश्यक रहेको छ । जुन वाणिज्य महासंघको स्टार्टअप कमिटीले यो वर्षदेखि सुरु गरेको हो ।

नेपालमा स्टार्टअप उद्यमीको सफलताको दर कम रहेको भन्दै स्टार्टअप यो सफलताको दर बढाउन इन्क्यूबेटर सेन्टर आवश्यक भएको छ पनि गोल्छाले जानकारी दिए ।

‘हाम्रा ५० लाख भन्दा बढी युवा आफ्नो देशमा भविष्य खोज्न नसकेर विदेश पलायन भएका छन्, उनीहरूले पठाएको रेमिट्यान्सले अहिले मुलुकको अर्थतन्त्र चलायमान भइरहेको छ, हामीले देशमा नै नयाँ उद्यमी विकास नगर्ने र युवाहरूलाई आफ्नै देशमा नै भविष्य देखाउन सकेनौं भने भोलिको भविष्य कल्पना मात्रै गर्न सक्छौं ,’ उनले भने ।

रोजगारीको सिर्जना र समृद्धि ल्याउनको लागि नयाँ उद्यमी चाहिने उनको भनाइ छ । गोल्छाका अनुसार स्टार्टअप सफल पार्न इन्कुबेटर्स चाहिन्छ ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने घोषणा बताएका छन् ।

औद्योगिक रूपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रूपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्क्यूबेटर सेन्टर बनाउने घोषणा गरेको बडूले जानकारी दिए ।

मन्त्री बडूका अनुसार सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्र नै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको र कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको छ ।

Share News