झापामा सवा पाँच अर्ब उत्पादत क्षमता भएको उद्योग दर्ता

<p>काठमाडौं । झापामा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक [&hellip;]</p>

काठमाडौं । झापामा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । जिल्लामा वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार उत्पादन क्षमताका एक हजार ९८८ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् । त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका ती उद्योगको स्थायी पुँजी एक अर्ब ४४ करोड ७९ लाख ३३ हजार र चालु पुँजी तीन अर्ब छ करोड ७२ लाख ४१ हजार रहेको कार्यालयका उद्योग अधिकृत टङ्कप्रसाद प्रसाईंले जानकारी दिए ।

दर्ता भएका उद्योगमा एक हजार १९६ पुरुष र एक हजार १६६ महिला गरी दुई हजार ३८९ उद्यमी रहेका छन् । ती उद्योगबाट एक हजार ४०६ महिला र एक हजार ५६६ पुरुष गरी दुई हजार ९७६ जनाले रोजगारी पाउने छन् । ती उद्योग दर्ताबापत कार्यालयले ७७ लाख १७ हजार ९०० राजस्वसमेत सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

Share News