काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगी व्यवसायीलाई दोहोरो कर लगाउन नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै बडुले उद्योगी व्यवसायीलाई दोहोरो कर लगाउन नहुने बताएका हुन् ।
मन्त्री बडुले सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । जग्गा लिजको अवधि बढाएको निजी क्षेत्रलाई राहात मिल्ने मन्त्री बडुले दाबी गरे ।
निर्यातकर्तालाई विभिन्न सहुलियतको व्यवस्था गरेको र विद्युत महसुलमा सरकारले छुट दिएको मन्त्री बडुले बताए ।
‘विदेशी बजारमा बिजुली पुर्याउनका लागि पहल भईरहको छ, दोहोरो करलाई हटाएर लगानीको वातावरण सिर्जना गर्नुपर्छ ।’ उनले भने, ‘सिमेन्ट र छड निर्यात सुरु भएको छ । अझैं निर्यात बढाउन सरकार तयार छ ।’
निजि क्षेत्रलाई उत्पादन वृद्धिमा सहभागिता बढाउनका लागि अझै छलफल गर्न आवश्यक रहेको बताउँदै मन्त्री बडुले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।