कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेकाे बैंठकले महानगरभित्र सञ्चालीत विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । महानगरले पछिल्लाे समय काेरोना संक्रमित बढेकाे भन्दै महानगरभित्र कोरोना नदेखिएका विद्यालयमा सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम गर्दै सेनिटाइजर, मास्क [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेकाे बैंठकले महानगरभित्र सञ्चालीत विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

महानगरले पछिल्लाे समय काेरोना संक्रमित बढेकाे भन्दै महानगरभित्र कोरोना नदेखिएका विद्यालयमा सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम गर्दै सेनिटाइजर, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुन अनुराेध गरेकेा छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार नै काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । मन्त्रालयले ती जिल्लाका विद्यार्थीलाई कोरोना जोखिमका कारण विद्यालय नजान अपिल गरेको थियो ।

Share News