काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
गत माघ ४ गते दिउँसो ४ बजे उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यससँगै वोमी लघुवित्त वित्तीय संस्थाको बन्द रहेकाे सेयर कारोबार पनि फुकुवा भएको छ ।
वाेमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएकाे हाे । हाल संस्थाले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरु मार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्ब रुपैयाँ तथा बचत रकम १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ ।
सम्बन्धित समाचार