एनआईसी एशियाका ग्राहकले डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउने, कुनमा कति ?

<p>काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो ।

यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता लिन सक्नेछन् ।

यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग(मोबैंक) तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सक्नेछन् ।

Share News