काठमाडाैं । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुकाउने धादिङ्ग पन्चम अकौलियालाई १७ लाख रुपैयाँ र १० दिन कैद सजाय हुने भएको छ ।
मनोज प्रसाद साहको वादी नेपाल सरकार प्रतिवादी पन्चम अकौलिया भएको बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७५।०३।२२ गतेको फैसलाले अकौलियालाई सो सजाय सुनाएको भए पनि उनी फरार थिए ।
केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले उनलाई लुकिछीपी रहेको अवस्थामा चितवनमा फेला पारी चितवन जिल्ला अदालतमा पेश गरेको छ ।
अकौलियाले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबी बैंकको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।