बाउन्स चेक काटेर झुक्याउने राजेशबाबुलाई ३४ लाख जरिवाना, १५ दिन जेल

<p>काठमाडौं । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुकाउने गोरखाका राजेशबाबु श्रेष्ठलाई ३४ लाख रुपैयाँ र १५ दिन कैद सजाय हुने भएको छ । दिपा थपलियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेशबाबु श्रेष्ठ भएको बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको गत जेठको फैसलाले श्रेष्ठलाई सो सजाय सुनाएको भए पनि उनी फरार थिए । [&hellip;]</p>

काठमाडौं । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुकाउने गोरखाका राजेशबाबु श्रेष्ठलाई ३४ लाख रुपैयाँ र १५ दिन कैद सजाय हुने भएको छ ।

दिपा थपलियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेशबाबु श्रेष्ठ भएको बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको गत जेठको फैसलाले श्रेष्ठलाई सो सजाय सुनाएको भए पनि उनी फरार थिए ।

केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले उनलाई लुकिछीपी रहेको अवस्थामा चितवनमा फेला पारी चितवन जिल्ला अदालतमा पेश गरेको छ ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवाला थपलियालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नकालागि बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

Share News