यो वर्ष बैंकमा लाइन लागेर होइन एटीएमबाटै नयाँ नोट पाइने

<p>काठमाडाैं । यसपालिकाे दशैंमा एटीएमबाटै नयाँ नोट पाइने भएकाे छ । यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था रहेकाेमा याे पालि भने बैंकमा लाइन नबसी एटीएमबाटै नयाँ नोट पाइने नेपाल राष्ट्र बैंकले जनाएकाे छ । बैंकले कोभिड-१९ संक्रमणको जोखिमका कारण याे पालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे छ । राष्ट्र बैंकका [&hellip;]</p>

काठमाडाैं । यसपालिकाे दशैंमा एटीएमबाटै नयाँ नोट पाइने भएकाे छ । यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था रहेकाेमा याे पालि भने बैंकमा लाइन नबसी एटीएमबाटै नयाँ नोट पाइने नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकले कोभिड-१९ संक्रमणको जोखिमका कारण याे पालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए । यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उनले बताए । यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

Share News