बैंकका कर्मचारीलाई आलोपालो र घरबाट काम सुविधा, जानकारी दिएर शाखा बन्द गर्न छुट

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो अफिस जान पाउने व्यवस्था गर्न र घरबाटै काम गर्न पाउने प्रबन्ध मिलाउन निर्देशन दिएको छ । कोभिड–१९, संक्रमणको जोखिम न्युनिकरण एवं सुरक्षाका लागि सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो अफिस जान पाउने व्यवस्था गर्न र घरबाटै काम गर्न पाउने प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

कोभिड–१९, संक्रमणको जोखिम न्युनिकरण एवं सुरक्षाका लागि सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर सेवा प्रवाह योजना बनाउन र कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि भनिएको छ ।

यसरी सेवा सुचारु गर्न नसकि शाखा बन्द गर्नु पर्ने अवस्थामा अनलाईन प्रणालीबाट केन्द्रीय बैंकलाई नियमित रिपोटिङ गर्न पनि निर्देशन दिइएको छ । बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोर विजोर प्रणाली लागू भएका कारण सिर्जित समास्या स्थानीय तहसँग समन्वय गरी समाधान गर्न र त्यसो पनि गर्न नसके शाखा बन्द गर्न सकिने सन्देश राष्ट्र बैंकले आईतबार जारी गरेको निर्देशनमा दिइएको छ ।

Share News