सकारात्मक सोचसहितको मौद्रिक नीतिः बैंकर्स संघ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासबाट नेपाली अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्ने सकारात्मक सोच बोकेको बैंकरले बताएका छन् । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुने वित्तिकै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले विकासन्युजसँगको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासबाट नेपाली अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्ने सकारात्मक सोच बोकेको बैंकरले बताएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुने वित्तिकै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले विकासन्युजसँगको संक्षिप्त प्रतिक्रियामा कोभिड १९ को नकारात्मक असर कम गर्ने सकारात्मक सोच सहित मौद्रिक नीति आएको प्रतिक्रिया दिए ।

‘एसोसिएसनको आधिकारिक धारणा अर्काे साता बैठक बसेर सार्वजनिक गर्छाैं, मौद्रिक नीतिमा आएका व्यवस्थाले के कस्तो असर पार्छ भनेर मैले दफावार अध्ययन गर्न पाएको छैन, सरसर्ती हेर्दा कोभिड–१९ का कारण परेको नकारात्मक असर कम गर्ने सकारात्मक सोचसहित यो मौद्रिक नीति आएको देखिन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने ।

Share News