उद्योग सञ्चालन गर्न नयाँ पास विभागबाट लिनु पर्ने, यस्तो छ प्रक्रिया

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आज (आइतबार) बाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने बताएका छन् । उनले  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे बताएका हुन् । मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार नै उद्योगहरु [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आज (आइतबार) बाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने बताएका छन् । उनले  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको वाणिज्य विभागबाट र उद्योग तर्फको उद्योग विभागबाट नयाँ पासको वितरण गर्न सुरु गरिएकाे बताएका हुन् ।

मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार नै उद्योगहरु सञ्चालन हुने र बैंक तथा वित्तीय क्षेत्रका लागि भने राष्ट्र बैंकले नै आजबाट नयाँ पास दिने दुगडले जानकारी  दिए । उनले आजबाट सबै पासहरु वितरण गर्न सुरु गरिएकाे बताए ।

‘उद्योग सञ्चालकले मजदुरलाई उद्योगमा नै राखेर उद्योग सञ्चालन गर्ने हो, त्यसका लागि एक पटक मजदुर ल्याउन सम्बन्धित निकायले नै पासको व्यवस्था गर्ने छ, उद्योगीको उद्योगमा मजदुर राख्ने ठाउँ नभए नजिकको विद्यालय लगायतको स्थानको व्यवस्था गरेर उद्योग सञ्चालन गर्ने हो,’ उनले भने ।

ती उद्योगले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पनि परा गर्नुपर्ने दुगडले उनकाे भनाइ छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्दा सवारीको चाप धेरै भएपछि गृहले सबै पास रद्ध गरेको थियो ।

नयाँ पासको लागि बैंक तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैक, वाणिज्य क्षेत्रका लागि वाणिज्य विभाग र उद्योग क्षेत्रका लागि उद्योग विभागले नै सवारी पासको व्यवस्था आजबाट गरेको छ ।

सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न ११ चैतदेखि देशव्यापी लकडाउन गरेपछि विभिन्न वस्तु तथा सेवा उत्पादन र विक्री वितरण गर्ने निकायका कामदार तथा कर्मचारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

‘४४ प्रकारका उद्योग सञ्चालनका लागि आजबाट उद्योग विभागले नै पास दिन थालेको उनले बताए ।  उद्योग विभागको हकमा भने निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अर्फ कर्मको सहकार्यमा आजबाट पास दिन थालिएको हो । यसअघि गृह र जिल्ला प्रशासनले जारी गर्दै आएको पास आजबाट उद्योग विभागले नै दिन थालेको उद्योग विभागको महानिर्देशक जीवन प्रकाश सिटौलाले जानकारी दिए ।

‘निजी क्षेत्रको सहकार्यमा उद्याेग सञ्चालन गर्न सकिने अवस्थालाई मध्यनजर गर्दै उद्योग सञ्चालनका लागि आवश्यक पास मात्रै उद्योग विभागले दिन थालेको हो, प्रतिष्ठानका कर्मचारीलाई कार्यस्थलमै राखेर काममा लगाउनु पर्नेछ,’ सिटौलाले भने ।

सेवा उत्पादन र बिक्री वितरण गर्ने उत्पादक वा सेवा प्रदायकले कामदार तथा कर्मचारी कहाँबाट कहाँसम्म लानु ल्याउनु पर्ने हो भनेर पास माग गर्नु पर्नेछ । त्यस्ता उत्पादक वा विक्री वितरकको नियामक निकाय को हो, यस्ता विषयको विश्लेषण गरेर परिचयपत्रकै आधारमा कामदार आउन जान दिइनेछ ।

सम्बन्धित नियामक निकायसँग समन्वय गरेर त्यस्ता नियामकबाट नै पास उपलब्ध गराउने सुरु भएको हो । उद्योग सञ्चालनको लागि केही समस्या आयो भने उद्योग मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।

उपत्यकामा कसरी पाइन्छ पास ?

काठमाडौं जिल्लाको हकमा भने सम्बन्धित नियामक निकाय उद्योग विभाग, वाणिज्य विभाग वा राष्ट्र बैंकले सम्बन्धित मन्त्रालयको समन्वयमा पास दिने छ ।

अत्यावश्यक वस्तु तथा सेवा उत्पादन र बिक्री वितरण गर्ने उत्पादक र बिक्री वितरकलाई परिचयपत्रकै आधारमा नै समान ओसार पसार गर्न दिने व्यवस्था यसअघिदेखि नै गरिएको थियो । पछिल्लो समय खुलाइएको उद्योग प्रतिष्ठान तथा सेवा व्यवसायका कामदार तथा कर्मचारीहरुको लागि पासको व्यवस्था सम्बन्धित नियामक निकायले गर्न थालेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पास नेपाल राष्ट्र बैंकबाट लिन सक्ने छन् । बीमा कम्पनीको कर्मचारीको पास बीमा समितिबाट लिन सक्ने छन् ।

सरकारले २६ वैशाखदेखि ४४ प्रकारका उद्योग प्रतिष्ठान, विक्री वितरण र सेवा संचालन गर्न दिन नीतिगत निर्णय गर्यो । बिहिबार गृह मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको संख्या एक्कासी वृद्धि भएपछि सरकारले दिएको सबै पास रद्ध गरेको थियाे ।

यी हुन् नयाँ पास पाउँने ४४ प्रकारका उद्योग प्रतिष्ठान

१) खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु

२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४) खाने पानी उत्पादन गर्ने उद्योगहरु

५) इँटा उद्योग

६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपीजी ग्याँस उद्योग

११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२) कफि उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैंची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेण्ट उद्योग

२४) आइरन तथा स्टिलउद्योग

२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९) प्लाइउड र भेनिर उद्योग

३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशीनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)

३४) समिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०) मोटर ग्यारेज वर्कसप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले

यी हुन पूर्णरुपमा बन्द रहने उद्योगहरु

सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु, होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न पाइदैन ।

१२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ । नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।

Share News