
काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४६ लाख २१ हजार ४ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ भने १७ लाख ५५ हजार १ सय ३९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८८ हजार ५ सय ७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ८४ हजार २ सय ८४ जना रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ८५ हजार ७ सय ८४ जना पुगेको छ भने अहिलेसम्म ३ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ६७ जना संक्रमित भएका छन् भने ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)