काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितमध्ये काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन्। पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन्।
शुक्रबार बिहान पनि ९ जनामा संक्रमण देखिएको थियो । आज एकैदिनमा १८ जनामा संक्रमण देखिएको हो ।