फेरि लकडाउन बढ्ने, उच्चस्तरीय समितिको बैठक जारी, मन्त्रिपरिषद्को पनि आजै

<p>काठमाडाैं । सरकारले लकडाउनलाई बढाउने भएकाे छ । सरकारले लकडाउन बढाउन र थप कडाई गर्ने भएको हाे । लकडाउनलाई थप प्रभावकारी रुपले अगाडि बढाउनका लागि अहिले उच्चस्तरीय समितिको बैठक बसिरहेको छ। स्रोतका अनुसार लकडाउन फेरि बढ्ने बताइएको छ । देशभर कोरोना भाइरसको बिरामीहरु बढ्दै गएपछि सरकारले लकडाउन बढाउने बुझिएको हो । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम [&hellip;]</p>

काठमाडाैं । सरकारले लकडाउनलाई बढाउने भएकाे छ । सरकारले लकडाउन बढाउन र थप कडाई गर्ने भएको हाे । लकडाउनलाई थप प्रभावकारी रुपले अगाडि बढाउनका लागि अहिले उच्चस्तरीय समितिको बैठक बसिरहेको छ।

स्रोतका अनुसार लकडाउन फेरि बढ्ने बताइएको छ । देशभर कोरोना भाइरसको बिरामीहरु बढ्दै गएपछि सरकारले लकडाउन बढाउने बुझिएको हो ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए। यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधामन्त्री निवास बालुवाटारमा २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ।

सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ ।

सरकारले चैत ११ गतेदेखि नै लकडाउन जारी गरिरहेकाे छ। जेठ ५ गते लकडाउनको समयावधि सकिँदैछ ।

Share News