यी हुन् लकडाउनमा पनि आजदेखि खुलेका क्षेत्र, बाँकी कहिले खुल्ला ?

<p>काठमाडौं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपे पनि लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउनको समयमा नै विभिन्न किसिमका उद्योगहरु सञ्चालन गर्न दिन सरकारले निर्णय गरेसगँै उद्योगहरु खुल्न थालेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको [&hellip;]</p>

काठमाडौं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपे पनि लकडाउन खुकुलो बनाउने भएको छ । लकडाउनको समयमा नै विभिन्न किसिमका उद्योगहरु सञ्चालन गर्न दिन सरकारले निर्णय गरेसगँै उद्योगहरु खुल्न थालेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको थियो ।  कडाउनमा शुक्रबारदेखि के सञ्चालन गर्न मिल्छ र के मिल्दैन भन्ने निर्णयको सूची सार्वजनिक भएको छ ।

आजदेखि ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय

१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

नखुल्ने उद्योग व्यवसाय

१) शैक्षिक संस्थाः विश्वविद्यालय, क्याम्पस, विद्यालय, प्रशिक्षण केन्द्र ।

२) गैर–खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर, पसल ।

३) सार्वजनिक जमघटः सिनेमा हल, फनपार्क, पार्टी प्यालेस ।

४) धार्मिक स्थलः मन्दिर, मस्जिद, गुम्बा ।

५) खेलकुदः मैदान, फूटसल, जीमखाना ।

६) होटल, बार, रेष्टुरेन्ट, शैलुन, ब्युटीपार्लर, चमेना गृह ।

७) अनुमति पाएका वाहेकका यात्रुवाहक सवारी साधन ।

८) बाहिर हिंडडुल गर्न नपाइनेः १२ वर्ष मुनिका, ७० वर्ष नाघेका, अशक्त व्यक्ति, गर्भवती महिला वाहेककाले ।

९) आन्तरिक तथा बाह्य हवाई सेवा ।

१०) केबल कार ।

Share News