
काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ८१ हजार ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ७० हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ४६ हजार ८ सय ९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
गत २४ घण्टामा मात्र विश्वभर ७० हजार भन्दा बढी मानिसमा काेराेना संक्रमण देखिएकाे छ । अमेरिकापछि युराेपेली देशमा धेरै संक्रमण देखिएकाे छ । चीनमा पनि नयाँ संक्रमणहरू देखिएकाे छ ।
कोरोनाबाट सबैभन्दा बढि पीडित अमेरिकाका जनता भएका छन् । जहाँ ४२ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ । वल्डमिटरका अनुसार अमेरिकामा कूल संक्रमित संख्या भने ७ लाख ९२ हजार ७ सय ५९ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ भने अहिलेसम्म ५९२ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ४ जना लाई निको भइसकेको छ । संक्रमित मध्ये धेरैको स्वस्थ्य अवस्था सुधारउन्मुख रहेको सरकारी अधिकारीहरुले बताएका बताएका छन् ।