काठमाडौं । मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सो मूल्य घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७३ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार प्रतितोला ८ सय ९० रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।