नयाँ वर्षमा सरकारकाे पहिलाे उपहार: पेट्राेल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि

<p>काठमाडाैं । नेपाली युवा पुस्ताले अंग्रेजी वर्ष धुमधामसँगै मनाइ रहँदा सरकारले विदेशबाट आयात गरेर ल्याएकाे पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि उपहार दिएकाे छ । जनावरी १ तारिकदेखि लागू हुने गरी सरकारले पेट्राेल, डिजेल र मट्टितेलमामा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य वृद्धि गरेकाे हाे । अब काठमाडाैंमा पेट्राेलकाे मूल्य प्रतिलिटर १११ रूपैयाँ, डिजल र मट्टितेलकाे मूल्य प्रति [&hellip;]</p>

काठमाडाैं । नेपाली युवा पुस्ताले अंग्रेजी वर्ष धुमधामसँगै मनाइ रहँदा सरकारले विदेशबाट आयात गरेर ल्याएकाे पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि उपहार दिएकाे छ । जनावरी १ तारिकदेखि लागू हुने गरी सरकारले पेट्राेल, डिजेल र मट्टितेलमामा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य वृद्धि गरेकाे हाे ।

अब काठमाडाैंमा पेट्राेलकाे मूल्य प्रतिलिटर १११ रूपैयाँ, डिजल र मट्टितेलकाे मूल्य प्रति लिटर  १०० रूपैयाँ पर्ने भएकेा छ ।

ईण्डियन आयल कर्पोरेशनले १ जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको जनाउँदै पुस १६ गते को राती १२:०० बजेदेखि लागू हुने गरी साविकको पेट्रोल र डिजल/मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु. २।०० ले वृद्धि गरी वृद्धि गरिएकाे नेपाल आयल निगमले जनाएकाे छ ।

“पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार  मूल्य समायोजन गरेको निगमकाे भनाइ छ । हवाई ईन्धन र एल.पि.ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि  निगमको डिपो/विक्री विन्दु देखि १५ कि.मि. क्षेत्रभित्र पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ११०।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. १०९।५० प्रति लिटर कायम गरिएको छ छ । त्यस्तै,  डिजेल/मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १००।०० प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९९।५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९८।५० प्रति लिटर कायम गरिएको छ ।

मूल्य वृद्धिपछि नेपाल तर्फको विरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य रु. १८।६७ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य रु. १८।२७ प्रति लिटरले नेपालतर्फ सस्तो भएकाे निगमकाे दावी छ ।

Share News