सलमान खानको ५४ औं जन्मोत्सवमा बिईगं ह्युमन क्लोथिङको शो–रुम रिब्रान्डीङ

<p>काठमाडौं । नेपालको बिईगं ह्युमन क्लोथिङको रिब्रान्डीङ गरिएको छ । नेपालका लागि बिईगं ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिले गत शुक्रबार दरबारमार्गको स्टोरमा सस्थापक सलमान खानको जन्मदिन मनाएर ’रिब्रान्डीङ’ गरेको हो । सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल भएका छन् ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि [&hellip;]</p>

काठमाडौं । नेपालको बिईगं ह्युमन क्लोथिङको रिब्रान्डीङ गरिएको छ । नेपालका लागि बिईगं ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिले गत शुक्रबार दरबारमार्गको स्टोरमा सस्थापक सलमान खानको जन्मदिन मनाएर ’रिब्रान्डीङ’ गरेको हो ।

सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल भएका छन् ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ ।

प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिईगं ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बताए । उनले भने, ‘अब हामी बिईगं ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ ।

केहि समय आन्तरिक समस्याका कारण बन्द रहेको बिईगं ह्युमन नेपालको शो–रुम औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ। ‘विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ । ‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौ।’
जन्मदिनको अवसरमा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई प्रत्येक १५ हजारको खरिदमा बिशेष छुट दिएको थियो ।

Share News