वहसमा सिमेन्ट उद्योगः दर्ता भएका ५४ प्रतिशत उद्योग किन संचालनमा आएनन् ?

<p>काठमाडौं । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् । दर्ता भएका आधाभन्दा बढी उद्योग संचालनमा किन आएनन् भन्ने प्रश्न उठ्न थालेको छ । विभागमा दर्ता भएका ४६ प्रतिशत उद्योग मात्रै संचालनमा छन् । अर्थात ५४ प्रतिशत उद्योग संचालनमा छैनन् । नेपालमा पहिलो सिमेन्ट [&hellip;]</p>

काठमाडौं । उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर अहिले ६१ उद्योग मात्रै संचालनमा छन् ।

दर्ता भएका आधाभन्दा बढी उद्योग संचालनमा किन आएनन् भन्ने प्रश्न उठ्न थालेको छ । विभागमा दर्ता भएका ४६ प्रतिशत उद्योग मात्रै संचालनमा छन् । अर्थात ५४ प्रतिशत उद्योग संचालनमा छैनन् ।

नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् ।

सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्ष पछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन ।

विभागमा २०४९ सालदेखि निजी क्षेत्रको लगनीमा नेपालमा सिमेन्ट उद्योगहरुको स्थापना हुन सुरु भएको हो । उद्योग विभागको तथ्याङक अनुसार नेपालको पहिलो सिमेन्ट कम्पनी प्रिमस्ट नेपाल हो ।

गत आर्थिक वर्ष १० वटा नयाँ सिमेन्ट उद्योगहरु दर्ता भए । तर, यो वर्षसम्म आइपुग्दा सिमेन्ट उद्योग स्थापनाको उत्साह कम भएको देखियो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा एउटा पनि नयाँ उद्योग दर्ता भएको छैन ।

अहिले भने निजी क्षेत्रको लगानीमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगहरुले पनि आफ्नो उत्पादन घटाउन थालेका छन् । उत्पादन क्षमतासगँसगै मूल्य घटाउने क्रम पनि सुरु भएको छ ।

सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले भने लगानी वृद्धि गरेर उद्योगलाई आधुनिकिकरण गर्न थालेका छन् ।

निजी क्षेत्रले उत्पादन गरेको सिमेन्ट मात्रै होइन, सरकारी लगानीमा संचालिन सिमेन्ट उद्योगहरुले पनि मूल्य घटाएर बेच्न थालेका छन् । विक्री कम हुन थालेपछि मूल्य घटाउन थालिएको हो ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा भने सिमेन्ट उद्योगका लागि समस्या रहेको बताउँछन् । उद्योगका लागि आवश्यक खानी उपलब्ध नहुनु, उत्पादनको तुलनामा बजारमा सिमेन्टको माग कम हुनु तथा मागको कमीका कारण मूल्यमा घटाएर विक्री गर्नुपर्ने जस्ता कारणले उद्योगहरु विस्थापित हुन थालेको थापाको भनाइ छ ।

२०७४ सालमा सबैभन्दा धेरै सिमेन्ट उद्योगहरु स्थापना भएका थिए । सो वर्ष १५ वटा नयाँ उद्योग दर्ता भए ।

Share News