५ करोडको लगानीमा खुल्यो अटो गार्डेन, साना गाडीको सबै काम मेसिनबाटै

<p>काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै [&hellip;]</p>

काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् ।

भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै आइपुग्ने बताए । हाल सञ्चालनमा आइसकेको अटो गार्डेनबाट सबै मेसिन आइसकेपछि पूर्ण रुपमा सेवा शुरु हुने छ ।

अटो गार्डेनमा ३० जनाले रोजगारी पाएका छन् । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक अटो गार्डेनले प्रयोगमा ल्याएको पाठकले दाबी गरे ।

अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट
अटो गार्डेनमा अत्याधुनिक मेसिन भित्र गाडी हालेर वास र पेन्ट गरिन्छ । यसरी मेसिन भित्र हालेर गाडीको वास र पेन्टिङ गर्दा नयाँ जस्तै चमक देखिन्छ । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा गाडीको आयु लामो हुने अटो गार्डेनका सञ्चालक पाठकले दाबी गरे । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा समयको बचत समेत हुनेछ ।

अत्याधुनिक प्रविधिमार्फत सर्भिसङ, पेन्ट, थ्रीडी प्रविधिद्वारा अलाइनमेन्ट, अटोमेटिक मेसिनमार्फत प्युरिफाई पानीद्वारा वास गर्ने र टायर चेन्जर लगायतका सेवा अटो गार्डेनले प्रदान गर्नेछ । अटो गार्डेनभित्रै क्याफेसमेत सञ्चालित छ । आफ्नो गाडी बनाउन आउँदा ग्राहकले क्याफेमा बसेर आनन्द लिन सक्छन् ।

देशैभर कार तथा जिप चढ्ने प्रयोगकर्ताहरुको संख्या बढेसँगै प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट हुने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालनमा ल्याइएको अटो गार्डेनका मेकानिकल इञ्जिनियर दिनेश पण्डितले बताए ।

Share News