अहिलेसम्म १ करोड ८९ लाख रिकभर, आईटीमा लगानी बढाऊः एटीएम ह्याक प्रतिवेदन

<p>काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले आज राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाएको छ । यस विषयमा छानविन गर्न बनेको कमिटीले दुई दिनमै प्रतिवेदन बुझाउँदै भनेको छ ‘आजसम्म ह्याक भएको रकममध्ये एक करोड ८९ लाख रिकभरी भै [&hellip;]</p>

काठमाडौं । चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेको घटना छानविन गर्न बनेको कमिटीले आज राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपाललाई प्रतिवेदन बुझाएको छ ।

यस विषयमा छानविन गर्न बनेको कमिटीले दुई दिनमै प्रतिवेदन बुझाउँदै भनेको छ ‘आजसम्म ह्याक भएको रकममध्ये एक करोड ८९ लाख रिकभरी भै सक्यो, नेपालको एटीएमबाट ह्याक भएको रकममध्ये करिब चार लाख भने रिकभर हुन वाँकी छ  । यस विषयमा थप अनुसन्धान भइरहेको राष्ट्र बैंक भुक्तानी भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमवहादुर मिश्रले जानकारी दिए ।
‘भारतबाट निकालिएको एक करोड ५ लाख भने रिकभरी हुन वाँकी छ,’ उनले भने ‘तीमध्ये कतिपय कारोबार गम्भिर देखिएका छन् ।’

कमिटीका संयोजक समेत रहेका कार्यकारी निर्देशक मिश्रले भने ‘अब सबै बैंकले चिप बेसको कार्ड प्रयोगमा ल्याउन सुझाव छौं ।  सूचना प्रविधिमा यथेष्ठ खर्च गरेर वित्तीय बजारको आईटी प्रणालीलाई अझ बलियो बनाउनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए । ‘बैंक तथा वित्तीय संस्थालाई डाटा सेक्युरिटी सिष्टम (डीएसएस) मा लगानी बढाउन, सबै ठाउँमा सीसीटीभी क्यामरा जडान गर्न आवश्यक पहल गर्न सुझाइएको छ,’ उनले भने ।

उनका अनुसार भोलि बिहीबारदेखि फरेन्सिक टोलीले यस विषयमा अध्ययन अनुन्धान गर्ने छ । अहिले राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग मिलेर अनुसन्धान गरिरहेको छ । ‘भोलिदेखि फरेन्सिक टोलीले यस सम्बन्धि अध्ययन तथा अनुसन्धान गर्ने छ । नेप्सले वास्तविक विवरण बाहिर ल्याउन ’फरेन्सिक’ टोलीलाई बोलाएको हो ।

चिनियाँ नागरिकले एटीएम ह्याक गरेर पैसा चारेको घट्ना सार्वजनिक भएको दिन आइतबार नै राष्ट्र बैंकले ५ सदस्यीय कमिटी बनाएर सोमबारदेखि यस विषयमा अनुसन्धान थालेको थियो । कमिटीले दुई दिनमा रिपोर्ट तयार पारेर बुझाएको छ । राष्ट्र बैंकका भुक्तानी सेवा प्रणालीको कार्यकारी निर्देशकको संयोजकत्वमा बनेको उक्त कमिटीमा राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक जना प्रतिनिधि, राष्ट्र बैंक आईटी प्रमुख, बैकर्स र नेप्सका सिईओ रहेका छन् ।

Share News