काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीहरुसँग सहकार्य गरेर बीमा पोलिसीहरु बिक्री गर्न पाउने छैनन् ।
राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्ने नपाउने भएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैंकास्योरेन्समा रोक लागएको थियो ।
आज राष्ट्र बैंकले सर्कुलर जारी गरेर यो व्यवस्थालाई अझ स्पष्ट पारेको हो । बैंकले ऋणीहरुलाई दबाबमा पारेर बीमा कम्पनीको बीमालेखहरु बिक्री गर्दै आएका थिए ।
अब बैंकास्योरेन्स गर्न रोक लागेको छ । बैंकहरूले गत आवमा दुई अर्ब १५ करोड मूल्य बराबरको (बीमा शुल्क) बीमा पोलिसी बेचेका थिए ।
यसको मतलव अब बैंक तथा वित्तीय संस्थाले बीमा अभिकर्ताको रुपमा काम गर्न नपाउने भएका हुन् । बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गारउन सकिने व्यवस्था गरेको छ ।
कर्जाको बीमा गराउन वा विना धितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधि सम्मको लागि ऋणीको समेत जीवन बीमा गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।