१३ गतेदेखि अर्को लघुवित्तको आईपीओ, ६३ हजारलाई शेयर, आईपीओ लगत्तै १५% बोनस

<p>काठमाडौं । अघिल्लो वर्ष सञ्चालन अनुमति प्राप्त गरेका लघुवित्त संस्थाहरुको आईपीओ आउने क्रम धमाधम चलिरहेको छ । यसै क्रममा अर्को आशलाग्दो लघुवित्तको आईपीओ यही जेठ १३ गतेदेखि आउने भएको छ । यो लघुवित्त यसकारण आशालाग्दो छ कि यस लघुवित्तकाे सेयर करिब ६३ हजार जनाले पाउन सक्छन् । प्रदेश ४ को नवलपुर केन्द्रीय कार्यालय रहेको इन्फिनिटी [&hellip;]</p>

काठमाडौं । अघिल्लो वर्ष सञ्चालन अनुमति प्राप्त गरेका लघुवित्त संस्थाहरुको आईपीओ आउने क्रम धमाधम चलिरहेको छ । यसै क्रममा अर्को आशलाग्दो लघुवित्तको आईपीओ यही जेठ १३ गतेदेखि आउने भएको छ ।

यो लघुवित्त यसकारण आशालाग्दो छ कि यस लघुवित्तकाे सेयर करिब ६३ हजार जनाले पाउन सक्छन् ।

प्रदेश ४ को नवलपुर केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्तको आईपीओे जेठ १३ गतेदेखि १६ गतेसम्म खुल्न लागेको हो । आवेदन बन्द हुने ढिलो मिति असार १० गते तोकिए पनि पहिलो ४ दिनमै उक्त आईपीओका लागि आवेदन पर्ने भएकोले यो मितिले खासै कुनै अर्थ राख्दैन ।

इन्फिनिटीले ६ लाख ७४ हजार कित्ता शेयर जारी गर्न लागेको हो जसमा ५ प्रतिशत अर्थात् ३३ हजार ७०० कित्ता म्युचुअल फण्ड र १०३७० कित्ता संस्थाका कर्मचारीलाई वितरण गरी बाँकी हुन आउने ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्ने तय भएको छ ।

यो लघुवित्तको देशभरमा २१ शाखा कार्यालय छन् । आईपीओ निष्काशन अघि १४ करोड चुक्ता पुँजी भएको कम्पनीको शेयर निष्कासनपछि पुँजी २० करोड ७४ लाख रुपैंया पुग्छ । यस लघुवित्तले पहिलो वर्ष नै ३ करोडको बोनश शेयर दिएर पुँजी २३ करोड ७४ लाख पुर्याउने याेजना पनि सार्वजिनक गरेकाे छ ।

उक्त शेयर सिभिल क्यापिटलमार्फत् बिक्री हुने भए पनि आवेदकले भने सीआश्वा सेवा भएका जुनसुकै आफ्ना बैंकमार्फत् वा मेरो शेयरमार्फत् अनलाइनबाटै आवेदन दिन पनि सकिन्छ ।

Share News