एभरेष्ट बैंकद्वारा गोरखाको महालक्ष्मी विद्यालयलाई सहयोग

<p>काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ । एभरेष्ट बैंकले मेयर श्री [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ ।


एभरेष्ट बैंकले मेयर श्री राजन राज पन्त, वडा अध्यक्ष कुलबहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेन तथा अन्य विशिष्ट अतिथिहरुको संयूक्त उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा अगाडी रहेकाे छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News